Logo
Logo

प्रधानमन्त्रीलाई सबक सिकाउनुपर्नेछ : पद्मा अर्याल


0
Shares

काठमाडौं । नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जबाफदेही बनाउन आवश्यक रहेको बताएकी छन् । 

The current image has no alternative text. The file name is: padma-aryal.jpg

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको आरोप लगाएकी हुन् । 

उनले भनिनन्, ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ । त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ । तपाईँको जिम्मेवारी के हो भनेर पढाउनुपर्ने पनि छ । त्यो हिसाबले हामीले बोलाएको हो ।’

साथै, उनले प्रधानमन्त्री शाह जवाफ दिनका लागि आउने ग्यारेन्टी नभई संसद्मा टेबुल गर्न नदिने बताइन् । ‘हामी प्रष्टताका साथ यद्यपि उहाँ पेश गर्ने समयमा आउनुपर्ने हो । आउनै नसक्ने स्थिति हो र वारेस अर्थमन्त्रीलाई बोलाइएको हो भने जवाफ दिने बेलामा उहाँ अनिवार्य उपस्थित हुनैपर्छ । तर ग्यारेन्टी हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँ आउन सक्नुहुन्छ धेरै राम्रो, आउन सक्नु हुन्न वारेसबाट टेबुल भए पनि उहाँ जवाफ दिन आउने कुराको सुनिश्चितता नभई हामीले टेबुल गर्न दिँदैनौँ ।’

प्रतिक्रिया दिनुहोस्