Logo
Logo

अखिल नेपाल सुकुम्वासी सङ्घद्वारा बिहीबार चक्काजामको घोषणा


0
Shares

काठमाडौं । सुकुम्वासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्वासी  सङ्घ आन्दोलनमा उत्रिएको छ। 

The current image has no alternative text. The file name is: sukumbasi-1.jpg

बुधवार सङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गरी गुठी तथा बिर्तापीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीबास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको छ । सङ्घका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्वासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाएका छन् ।  

उनले सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको र त्यसका विरुद्ध सङ्घर्ष गर्ने बताए । सङ्घले दोस्रो चरणका आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेको छ । यसअघि वैशाख ११ गते पहिलो चरणको आन्दोलनका कार्यक्रम जारी गरेको थियो । 

सङ्घले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने भएको छ । यो अवधिमा सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि सङ्घले आग्रह गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्