काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नू,’ आदेशमा भनिएको छ।
त्यस्तै यस विषयमा जेठ ६ गते दुबै पक्षसँग छलफल हुने भएको छ।
रिटमा सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैरकानुनी भएकोले खारेजीको माग गरिएको छ ।














