काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन् ।
बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जबाफदेही बनाउन माग गर्दै उठेका हुन् ।

संसद्मा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए । सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो ।














