Logo

प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द


- दृष्टि न्युज/संवाददाता


ताप्लेजुङ, १२ मंसिर । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको बजार फेरि साप्ताहिकरुपमा बन्द हुने छ ।
दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य संघले साप्ताहिक बजार खुलाएको थियो । ‘अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछ’,संघका कार्यकारी अधिकृत भीष्मराज बरालले बताए ।
संघले चिसो मौसम शुरु भएकाले विभिन्न किसिमका सङ्क्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ । वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम शुरु भएकाले रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखापर्ने भएको सोविरुद्ध विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटनासमेत हुने भएकाले सतर्क र संवेदनशील रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्