Logo
Logo

कानुन व्यवसायीले गरे लालटिन बालेर प्रदर्शन


0
Shares

काठमाडौं । कानुन व्यवसायीहरूले लालटिन बालेर सर्वोच्च अदालतमा विकसित घटनाक्रमको साङ्केतिक विरोध गरेका छन् ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा मङ्गलवार दिउँसो १ बजे सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरिएको हो । एसोसिएसनले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसको विरोधमा लालटिन जुलुस प्रदर्शन गरेको हो ।

नेपाल बार एसोसिएसनको आइतबार बसेको बैठकले अदालतभित्र देखिएको यस्तो परिस्थितिलाई गम्भीर रूपमा लिएको बताएको थियो । बैठकले सत्य, न्याय र कानुनी राज्यको रक्षाका लागि दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो

प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरूले अदालतमा न्यायको पहुँच अवरुद्ध भएको, रिट दर्तामा देखिएको समस्या र न्यायालयको साखमा लागेको आँचप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले यस्ता गतिविधिले लोकतन्त्र र कानुनी शासनको आधारलाई नै कमजोर बनाउने चेतावनी दिएका छन् ।नेपाल बार एसोसिएसनले न्यायालयमा देखिएको यो अस्वाभाविक अवस्थाको तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्