Logo
Logo

सभामुखलाई हर्क साम्पाङको जवाफ-प्रधानमन्त्री र मन्त्रीहरू खै ?


504
Shares

काठमाडौं । प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीलाई सभामुखको रुलिङ गरेसँगै हकै साम्पाङले जनताप्रति सरकार जबाफदेही नभएको बताएका छन् ।  

The current image has no alternative text. The file name is: hark-sabhamuk.jpg

सभामुख समक्ष साम्पाङले नियम १५ को २ पनि पालना गरे आफू विरोधमा नजाने बताएका छन् । उनले आफ्ना प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नै दिनुपर्ने बताएका छन् ।

उनले भने ,‘ हामीले बारम्बार प्रश्न उठाएका छौ , हामीले आफ्ना प्रश्न नभएर जनताको प्रश्न सम्बन्धित सरकारका मन्त्रीलाई सोध्न चाहेका छौं । हामीले सिमानाका कुरा देखी , महँगी नियन्त्रण र सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो ? कहाबाट फिर्ता गर्दै छौ ? भन्न प्रश्न गर्न चाहेका छौं ।’ 

उनले सुकुम्वासीसँग सम्बन्धित प्रश्न पनि गर्न चाहेको तर सम्बन्धित मन्त्री संसद्मा नआएको उनको गुनासो गरेँ ।   उनले मन्त्रीहरू नीति तथा कार्यक्रममा मात्रै नभएर छलफलमा समेत नआएको र प्रश्न उत्तरमा पनि मन्त्री नआएको भन्दै नियम १५ को उपनियम २ लागु नभएको बताए । उनले जनताप्रति सरकार जबाफदेही हुनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्