Logo
Logo

संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग 


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले विभिन्न संवेदनशील निकायहरू रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् ।

The current image has no alternative text. The file name is: angdanbe.jpg

 बुधवार संसद्मा बोल्दै नेता आङदेम्बेले राजनीतिक भागबन्डा र स्वार्थका आधारमा पदाधिकारीहरूलाई बर्खास्त गर्दा सङ्क्रमणकालीन न्यायका महत्त्वपूर्ण संयन्त्रहरू ठप्प भएको बताएका हुन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग लामो समयदेखि पदाधिकारीविहीन हुनुले द्वन्द्वपीडितको न्याय प्राप्तिमा अवरोध पुगेको उनको भनाइ छ । 

ती आयोगहरूमा सक्षम र निष्पक्ष व्यक्तिहरू तत्काल नियुक्त गरी सक्रिय बनाउन उनको माग रहेको छ ।  विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितहरू न्यायबाट वञ्चित रहेको उल्लेख गर्दै नेता आङदेम्बेले यस विषयमा गहिरो अन्तर्राष्ट्रिय चासो रहेको बताएका हुन् । संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक बर्नार्ड ड्वाइमले आगामी जुन महिनामा नेपालको भ्रमण गर्ने तयारी गरिरहेको सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने  उनले सरकारलाई सजग गराएका हुन् । आङदेम्बेले टीआरसी ऐनको तेस्रो संशोधनले मात्रै सबै कानुनी जटिलता समाधान नगरेको दाबी गरे । 

उनले भने , ‘सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्डलाई पूर्ण रूपमा पालना गर्न सन् २०२४ मा गरिएको तेस्रो संशोधन अझै अपूर्ण छ । नयाँ नियुक्ति गर्नुअघि विद्यमान कानुनी कमजोरीहरू सुधार्न ऐनको चौथो संशोधन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्