Logo
Logo

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री


0
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रतालाई सरकारले चाहेर पनि खोस्न नसक्ने स्पष्ट पारे ।

 तर, उनले स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा दुरुपयोग गर्न नहुने बताउँदै सञ्चार माध्यमहरूलाई जबाफदेही र गरिमापूर्ण ढङ्गले काम गर्न आग्रह गरे । उनले भने,  ‘प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार हो । सरकार यसप्रति प्रतिबद्ध छ । तर स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । राज्यको अङ्गका रूपमा रहेको सञ्चार क्षेत्रले आफ्नो ओज कायम राख्दै जिम्मेवार बन्नुपर्छ ।’

उनले सञ्चार माध्यमहरूलाई थप गौरवपूर्ण बनाउन प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । यसका लागि आवश्यक काम थालिएको बताए । आकस्मिक समयमा केही सांसदहरूले सरकारले प्रेसमाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका थिए भने प्रेस काउन्सिललाई प्रभावकारी बनाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्