Logo
Logo

संसदमा प्रधानमन्त्रीको सम्बोधनबारे अझै स्पष्ट तालिका छैन: महामन्त्री बुर्लाकोटी


0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई कहिले सम्बोधन गर्ने भन्ने कार्यतालिका अझै तय नभएको बताभएका छन् ।

The current image has no alternative text. The file name is: kabindra.jpg

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसदमा उठ्ने प्रश्नहरूको जवाफ दिने तयारी गरिरहेको जानकारी दिए।

उनका अनुसार सम्बन्धित मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने गरी मन्त्रीहरूको कार्यतालिका बनाइएको छ र केही मन्त्रीहरूको कार्यक्रम पनि तय भइसकेको छ ।

महामन्त्री बुर्लाकोटीले संसदमा उठेका सबै प्रश्नको जवाफ दिने सरकारको तयारी रहेको भए पनि प्रधानमन्त्री स्वयं कहिले उपस्थित भएर सम्बोधन गर्नुहुन्छ भन्नेबारे स्पष्टता नभएको संकेत गरे ।

उनले भने, “सरकारमाथि उठेका प्रश्नको जवाफ संसदमा सरकारले दिन्छ। त्यसअनुसार मन्त्रीहरूलाई कार्यविभाजन गरेर तालिका बनाइएको छ। केही मन्त्रीहरूको तालिका तय भएको जानकारी पनि छ। प्रधानमन्त्रीको विशेष कार्यक्रमभन्दा पनि तयारीअनुसार नै संसदमा जवाफ आउने हो।”

लामो समयदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्