Logo
Logo

सर्वोच्च प्रशासनद्वारा प्रधानन्यायाधीश डा.शर्माविरूद्धको दरपीठ निवेदन दर्ता


0
Shares

काठमाडौँ । न्यायाधीश सपना प्रधान मल्लले दरपीठविरुद्ध परेको निवेदन दर्ता गर्न दिएको आदेश सर्वोच्च अदालत प्रशासनले दुई दिनपछि कार्यान्वयन गरेको छ।

The current image has no alternative text. The file name is: manojsharma-1952026112401-1000x0-1.jpg

कामु प्रधान न्यायाधीशको हैसियतमा मल्लले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा ‘दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्नू’ भनी निर्देशन दिएकी थिइन्। रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको पेसी जेठ ११ गतेका लागि तोकिएको छ।

यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। तर सर्वोच्च अदालत प्रशासनले उक्त रिटमा दरपीठ गरेपछि त्यसविरुद्ध दिइएको निवेदन दर्ता नगरी ‘होल्ड’मा राखिएको थियो। मङ्गलबार प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गरेसँगै बुधबार उक्त निवेदन औपचारिक रूपमा दर्ता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्