Logo
Logo

प्रधानमन्त्रीलाई सदनदेखि एलर्जी हुने, सभामुखबाटै संसदीय मर्यादा उल्लंघन भयो : कांग्रेस


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै काँग्रेस सचेतक निष्कल राईले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले सभामुख संसदको अभिभावक भएकाले पनि सदनको मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाईनेतर्फ समेत ध्यानाकर्षण गराए । उनले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी अमर्यादित भए ? भन्दै प्रश्न गरे ।

साथै उनले मर्यादाचको केन्द्रमा सरकार रहेको भन्दै सरकारले मर्यादा कायम गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले मर्यादा कायम गर्नुपर्ने हो । तर सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, एलर्जी नै हुने । यो सदनको अभिभावक तपाई हो । यसको गरिमामा एक इञ्च तलमाथि हुन्छ भने त्यो हजुरनै प्रतिष्ठासँग जोडिन्छ ।’

प्रतिक्रिया दिनुहोस्