Logo
Logo

बालेन कुन टापुको सम्राट हुन् : अर्जुन नरसिंह केसी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको बालेन कुन टापुको नागरिक हुन् भन्दै कटाक्ष गरेका छन् । 

The current image has no alternative text. The file name is: arjunnarsing-kc-samsad.jpg

बिहीबार संसद् बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति व्यङ्ग्य गरेका हुन् । उनले भनेु उहाँ भिन्दै साम्राज्य, कहिँको टापुको सम्राट् हो कि यो संसद्को अङ्ग हो  । म यस विषयमा त्यता पनि सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो ।’

उनले विपद्‍बाट जनतालाई जोगाउन, आउँदै गरेको मनसुनको पूर्वानुमानअनुसार गम्भीर भएर काम गर्न सरकारलाई आग्रह गर्ने क्रममा प्रधानमन्त्री शाहले संसद्प्रति गर्दै आएको वेवास्ताप्रति असन्तुष्टि जनाए । 

‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । गृहमन्त्रालयले अत्यन्त गम्भीर रूपमा लिनुपर्ने विषय हो,’ केसीले भने, ‘विपद्को पूर्वतयारीमा गृहमन्त्रालय लागोस् । तर, आफैँ गृहमन्त्री रहनु भएका प्रधानमन्त्री स्वयं यो संसद्को अङ्ग हो कि होइन सभामुखज्यू, मैले चाहिँ थाहा पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्