
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच करिब आधाघण्टा कुराकानी भएको थियो । प्रधानमन्त्री शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । दिनहुँ प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भन्दै सांसदहरूले सदनमा खोजेपनि सभामुखले बैठकमा आउन रुलिङ गरेका छैनन् ।
विपक्षी सांसदहरूले रुलिङ गरेरै बोलाउनुपर्ने माग गर्दै आएका छन् । सदनमा प्रधानमन्त्रीको तर्फबाट मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम गरिरहेका छन् ।














