
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आज बसेको कोशी प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अन्तर प्रदेश समन्वय र सहकार्य बढाउन कोशी प्रदेश सरकारले मुख्यमन्त्री सम्मेलन गर्ने जानकारी दिए ।
उनले भने, प्रदेश–प्रदेशबीचको कृषि र पर्यटनको विकासका साझा सरोकारका विषयमा सहकार्य हुनेछ । यसले प्रदेशका जनताको आर्थिक विकासमा सहयोग पुग्नेछ । सङ्घीयतालाई बलियो बनाउन । उनले मन्त्रालयको क्षमता विकास गर्नका लागि प्रदेश सरकारले लगानी बढाउने बताए ।
संघ, प्रदेश र स्थानीय तहको बिचमा समन्वय सहकार्य बढाएर नागरिकलाई सहज सेवा प्रदान गर्न प्रदेश समन्वय परिषद् र प्रशासनिक समन्वय परिषद्लाई प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख छ । बजेट र योजना कार्यान्वयनका मुख्य मन्त्री ड्यास बोर्डलाई प्रभावकारी बनाउने, प्रदेशका मन्त्रालयको पुनर्संरचना र एकीकरण गर्ने पनि सरकारको भनाइ छ ।
खापुङले प्रदेशको राजस्वको दायरा विस्तार र वित्तीय सुधारका लागि आन्तरिक राजस्वको दायरा बढाउन नीतिगत र संस्थागत सुधार गरिने बताए । प्रदेशमा बढ्दो बसाइँ सराइलाई मुख्य चुनौतीका रूपमा लिँदै सरकारले यसलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउने भएको छ ।
भौगोलिक सन्तुलन, गरिबी न्यूनीकरण र वातावरण संरक्षणलाई ध्यान दिँदै परिणाममुखी लगानीमार्फत दिगो बसोबास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । उनले प्रदेशमा लगानीका सम्भावित क्षेत्र पहिचान गरी निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले कानुनी र प्रक्रियागत सुधार गर्ने नीति कार्यक्रममा लेखिएको छ ।
यस्तो छ पूर्णपाठ–














