
काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीवार प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्ष दलहरुको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।














