१. प्रधानमन्त्री बालेन संसद् आउन नमानेपछि सभामुख डीपी अर्यालले गराउन सकेनन् नियमावली कार्यान्वयन, प्रतिपक्षी सांसदहरूको चर्को विरोध र नाराबाजीबिच पेलेरै चलाइयो संसद् बैठक ।
२. प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग कांग्रेस सचेतक निष्कल राईको माग, प्रधानमन्त्री सदनप्रति जबाफदेही नभएसम्म विरोधका कार्यक्रम नरोकिने ।
३. बजेट तयारीका लागि ८ पूर्वअर्थमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लिए सुझाव, पूर्वतयारीविनाका खुद्रे आयोजना बजेटमा नराख्न र आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न जोड ।
४. विपक्षीको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट तीन विधेयक पारित, प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक–२०८३ र वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ स्वीकृत ।
५. प्रधानमन्त्री बालेन संसद्को अभिन्न अङ्गजस्तो आफूलाई अनुभूति नभएको सांसद अर्जुननरसिंह केसीको टिप्पणी, प्रधानमन्त्री मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो भएको जिकिर ।
६. प्रधानमन्त्री बालेनले संसद्लाई छल्ने, अपमान गर्ने र जनमतको उपेक्षा गर्ने गरेको एमालेको आरोप, प्रधानमन्त्री र सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने माग ।
७. प्रधानमन्त्री बालेन संसदमा नआएपछि श्रम संस्कृति पार्टीले लगातार चौथो दिन प्ले कार्ड देखाएर ग¥यो विरोध, आफ्नो कर्तव्य पूरा नगरे राजीनामा दिन हर्क साम्पाङको माग ।
८. बाँदर नियन्त्रणका विषयमा प्रतिनिधिसभामा सवाल–जवाफ, आशिका तामाङले बाँदर मार्नुको साटो गाँजा खेती गर्न सुझाव दिँदा महावीर पुनले बाँदर आतङ्क नियन्त्रण गर्ने प्रविधिभन्दा रकेट बनाउन सजिलो हुने भन्दै गरे व्यङ्ग्य ।
९. किसानलाई १५ दिनभित्र कृषिजन्य उत्पादनको मूल्य उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग रास्वपा सांसद लीमा अधिकारीको माग, देशभरका किसानले मूल्य नपाउँदा युवाहरू खाडी जान बाध्य भएको उल्लेख ।
१०. ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरता गर्न श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूलेको माग, नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न आग्रह ।
११. नेताहरूको कार्य विभाजन प्रस्ताव पारित गर्ने एमालेको तयारी, सचिवहरूलाई प्रदेश इन्चार्ज तोक्ने र उपाध्यक्ष, महासचिवलाई विभागीय संयोजक बनाउने प्रस्ताव ।
१२. अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची संसदीय क्यालेन्डरबाट गायब, जेठ ७ गते अध्यादेशहरू निर्माणार्थ प्रस्तुत गर्ने गरी तय गरेको संसदीय क्यालेन्डर अन्तिम समयमा संशोधन ।
१३. पेट्रोलियम पदार्थको कर घटाउन र किसानलाई मलको व्यवस्था गर्न एमाले सांसद पद्मा अर्यालको माग, चर्को महँगी र मल अभावका कारण आम नागरिक तथा किसानहरू छटपटाइरहेको भन्दै सरकारको ध्यानाकर्षण ।
१४. सडक दुर्घटनाबाट जोगाउन राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग रास्वपा सांसद डा. तोसिमा कार्कीको माग, नागरिकलाई दुर्घटनाबाट बचाउन नसके सरकार नै असफल हुने भनाइ ।
१५. केन्द्रीय चलचित्र जाँच समितिको नाम सेन्सर बोडबाट सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखियो, फिल्ममा अब ’बिप’ हटाउने र कैंची चलाएर जाँच नगरी ग्रेडिङसहितको प्रमाणपत्र दिइने ।
१६. व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन एमालेले नलिने, जग्गा दानसहित भवन दिने प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने एमालेको निर्णय ।
१७. राप्रपा र राप्रपा नेपालबीच एकता भएको पाँच महिना बितिसक्दा पनि सांगठनिक समायोजन अलपत्र, निर्वाचन आयोगमा एकताको औपचारिक पत्र समेत पठाउन नसकिएको भन्दै कमल थापाद्वारा असन्तुष्टि व्यक्त ।
१८. बुधबार एकैदिन २७० भन्दा बढी आरोही सगरमाथाको शिखरमा पुगे, नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक भएको जानकारी ।
१९. साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली टोलीको बिदाइ, नेपालले समूह चरणको पहिलो खेलमा जेठ ११ गते भूटानसँग र दोस्रो अन्तिम खेल जेठ १७ गते श्रीलङ्कासँग खेल्ने ।
२०. र, प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई लक्षित गर्दै ‘कक्रोच’ भनेपछि भारतको डिजिटल दुनियाँमा तरंग, ‘कक्रोच जनता पार्टी’ नामक डिजिटल अभियानले ठूलो हलचल मच्चाउँदै तीन दिनमै १ लाखभन्दा बढीले लिए सदस्यता ।
भिडियो














