Logo
Logo

नेताहरूको कार्यविभाजन टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि आज पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दै छ । 

The current image has no alternative text. The file name is: UML-Gundu.jpg

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ५ गतेको बैठकमा पेस गरेको नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जनसहित अनुमोदन गर्ने छ । एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीका अनुसार बैठक बिहान ११स्३० बजे अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ । सचिवालय बैठकमा सो प्रस्तावमाथि विस्तृत छलफल गरी कार्यविभाजनलाई अन्तिम रूप दिइने र त्यसलाई तत्कालै अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्ला कमिटी र नेताहरू समक्ष पठाइने छ । 

गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न भएको एमालेको ११ औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो । त्यसबेला फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गरेर काम गर्नका लागि केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको थियो भने यस पटक स्थायी रूपमा कार्यविभाजन गर्न लागिएको हो ।

पार्टी सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसङ्गठन समन्वय विभाग र डा। सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । उपाध्यक्ष र उपमहासचिवहरूलाई भने विभिन्न विभागहरूको समन्वय गर्ने तथा अनुगमन गर्ने विशिष्ट जिम्मेवारी सुम्पिने तयारी एमालेको रहेको छ ।

एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको छ । सोही अनुरूप अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ को कार्यभारसहित जिम्मेवारी तोकेका छन् । 

प्रतिक्रिया दिनुहोस्