Logo
Logo

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारले लगायो रोक


0
Shares

काठमाडौं ।  वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप नियन्त्रण गर्न नेपाल सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्काल रोक्का गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले आज एक पत्र जारी गर्दै सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक सवारी सङ्ख्या बढ्दा प्रदूषण र आवागमनमा कठिनाइ भएको जनाएको छ ।

The current image has no alternative text. The file name is: yatata.jpg

सरकारले यो निर्णय “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितलाई ध्यानमा राखेर लिएको हो । सरकारले  सबै प्रकारका सार्वजनिक सवारी साधन (इलेक्ट्रिक सवारीसमेत) को दर्तामा रोक लगाएको हो । 

विभागले सबै प्रदेश तथा स्थानीय यातायात कार्यालयलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ ।  सरकारले कति समयसम्म दर्ता रोक्का गरिएको हो त्यो भने खुलाएको छैन । 

प्रतिक्रिया दिनुहोस्