Logo
Logo

एमाले नीति प्रतिष्ठानको निर्देशक कमिटीमा ६ जनाको नाम प्रस्ताव


0
Shares

काठमाडौं । नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ । प्रस्तावित नामबारे आज दिउँसो बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्नेछ ।

प्रतिष्ठानको अध्यक्षमा एमालेले यसअघि नै विष्णु रिमाललाई मनोनयन गरिसकेको छ । प्रतिष्ठानका सदस्यहरूको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने गरी अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका छन् ।

प्रतिष्ठानको सदस्यका लागि प्रस्तावित नामहरूमा डा.युवराज खतिवडा, डा.नेत्र तिमिल्सिना, डा.योगेन्द्र गुरुङ, विनोद पाण्डे, र एक जना कार्यकारी निर्देशक भनिएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अघिसम्म प्रतिष्ठानको अध्यक्ष ईश्वर पोखरेल रहेका थिए । महाधिवेशनपछि पोखरेलको ठाउँमा रिमाल मनोनयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्