Logo
Logo

बेहोस भएका ६ जना सशस्त्रका जवानलाई उपचारका लागि काठमाडौं ल्याइँदै


0
Shares

काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जना सशस्त्रका जवानलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

The current image has no alternative text. The file name is: helicopter.gif

नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई काठमाडौं ल्याउन लागेको  सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएका थिए । 

तालिम गर्दा ८ जना बेहोस भएका थिए । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरूमध्ये ६ जनालाई काठमाडौं ल्याउन लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्