Logo
Logo

अभौतिक सांस्कृतिक सम्पदा विधेयक राष्ट्रिय सभाबाट पारित


0
Shares

काठमाडौं । ‘अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए । मन्त्री पौडेलले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्