काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति परिवर्तन भएको जानकारी दिएका हुन् ।
उनका अनुसार अब कार्यक्रम १८ र १९ जेठमा आयोजना गरिने छ । यसअघि १४ र १५ जेठमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ हुने भनिएको थियो ।
दुलालद्वारा जारी विज्ञप्तिमा लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तनको कारणबारे केही खुलाइएको छैन । कार्यक्रम रूपन्देहीको तिलोत्तमामा आयोजना गरिने बताइएको छ ।
कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पाँच प्रदेशहरूमा भेलाहरू सम्पन्न गरिसकेको छ । शनिबार कोशी प्रदेशस्तरीय भेला सम्पन्न हुँदैछ ।














