Logo
Logo

योगेशले भट्टराईले मागे ओलीको राजीनामा


0
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यक्ष ओलीसमक्ष स्पष्ट रूपमा राजीनामा मागेका हुन् ।

The current image has no alternative text. The file name is: yogesh.jpg

‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्,’ भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि चार जना उपाध्यक्षले अध्यक्ष ओलीलाई ‘मार्गप्रशस्त’ गर्न आग्रह गरेका थिए ।

यसैबीच, शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र गम्भीर समीक्षा जरुरी रहेको उल्लेख गर्दै अहिलेकै परिस्थितिमा अघि बढ्न नसकिने धारणा राखेका छन् । उनले सिधै ‘राजीनामा दिनुस्’ शब्द प्रयोग नगरे पनि घुमाउरो शैलीमा वर्तमान कार्यशैलीबाट पार्टी अगाडि बढ्न नसक्ने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्