Logo
Logo

देउवा पक्षले आज सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्दै 


0
Shares

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिले धनगढीमा आज प्रदेश स्तरीय भेला गर्दै छ । यो भेला देउवा पक्षले आयोजना गरेको हो । 

The current image has no alternative text. The file name is: deuwa-pachhya.jpg

नेपाली का‌ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा बृहत्तर एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला आयोजना गरिएको छ । 

राष्ट्रियता, लोकतन्त्र र समाजवादको मुख्य नाराका साथ आयोजना हुन लागेको यो भेलाले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने र सङ्गठनलाई नयाँ ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको छ ।

भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायरलगायत सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता हुने जनाइएको छ । 

कार्यक्रम केही बेरमा सुरु हुनेछ । भेला बिहान ९ बजे सुरु हुने भनिएको थियो । तर, अहिलेसम्म सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्