कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्वविरुद्ध आक्रोश पोखेका छन् ।धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले सभापति गगन थापा पक्षलाई लक्षित गर्दै कडा टिप्पणी गरेका हुन् ।

उनले ‘२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारस भेटेको गफ दिइरहेको’ भन्दै व्यङ्ग्य गरेका हुन् । थापाले पार्टी सदस्यता नवीकरण र लेवीका विषयमा दिएको अभिव्यक्तिलाई भ्रम फैलाउने काम भनेको भन्दै उनले भने, ‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ, कसैको घमण्डले पार्टी चल्दैन,’ बलायरले भने ।
उनले पार्टी अनुशासन नमानेर जरा उखेल्नेहरूलाई निकाल्ने चेतावनी पनि दिए । भेलामा देउवा पक्षीय नेताहरूको सहभागिता रहेको छ ।














