Logo
Logo

३ जना सहायक हबलदारसहित ११ प्रहरीलाई हटाउने चेतावनी


0
Shares

The current image has no alternative text. The file name is: police-2.gif

काठमाडौं । तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै ११ जना प्रहरी लामो समयदेखि गैर हाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । 

लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्