Logo
Logo

दुर्गा प्रसाईँमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो


189
Shares

काठमाडौं । पर्सा जिल्ला प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

The current image has no alternative text. The file name is: durga-prasai.jpg

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार अनुसन्धान प्रतिवेदन बुझाइएको हो । प्रहरीले प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा अभियोग दायर गर्न राय सिफारिस गरेको छ । प्रहरीले जेठ ४ गते वीरगन्जको दियालो होटलबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।

विभिन्न युट्युब च्यानलमा प्रसाईँले दिएका अभिव्यक्ति र वीरगन्जमा गरेको सार्वजनिक भाषणलाई अनुसन्धानको मुख्य आधार बनाइएको छ ।  प्रसाईँले युट्युब अन्तर्वार्तामा महिलाहरूमाथि लाञ्छना लगाउने र अश्लील शब्द प्रयोग गरेको, साथै सेना तथा प्रहरीलाई होच्याउने खालका टिप्पणी गरेको प्रहरीले जनाएको छ । 

उनले एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङ एउटै टिमले चलाउने दाबी गरेका थिए । उनले हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना भएमा बालेन्द्र शाहको फोटो घरमा राख्ने बताएका थिए ।

प्रसाईँ गहवा माई मन्दिर दर्शन गर्न र त्यहाँका संरचना भत्काइएका स्थानीयलाई सम्बोधन गर्न वीरगन्ज पुगेका थिए । सर्वोच्च अदालतले भने प्रसाईँलाई सोमबारसम्म हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्