Logo
Logo

संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता सेन्दाङ प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालिएकी छन् । मंगलबार मर्यादापालकले सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका हुन् ।

यस विषयमा कांग्रेस सचेतक बासना थापाले सांसद सेन्दाङलाई बैठकबाट निकालेको विषयमा संसद्को ध्यानाकर्षण गराउने भएकी छन् । कांग्रेस सांसद गीता गुरुङले आजकै संसद् बैठकमा पार्टीका तर्फबाट सचेतक थापाले सांसद सेन्दाङलाई बाहिर निकालेको विषयमा सभामुख अर्यालको ध्यानाकर्षण गराउने जानकारी दिइन् ।

बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।

‘उहाँले भिडियो बनाउनु भएछ । त्यही भएर हो । तर, नियमावलीमा सभामुखले वार्निङ दिएरमात्रै मर्यादापालक लगाउनुपर्ने भन्ने रहेछ । अहिले हाउस केहीबेर स्थगित भएको छ,’ सांसद गुरूङले भनिन्, ‘हाउस सुरू भएपछि यो विषयमा सचेतकले ध्यानाकर्षण गराउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्