Logo
Logo

वीरगन्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी


0
Shares

काठमाडौं । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पर्साले गत शुक्रबार लिखतसम्बन्धी कसुरमा सिंहविरुद्ध पुर्जी जारी गरेको हो।

जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी मंगलबार कार्यालयमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। जिल्ला अदालत स्रोतका अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा परेकोमा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो।

नगर प्रमुख सिंहले नक्कली कागजातका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको भन्दै वीरगन्जका स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्