
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयद्वारा गठित नाम सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट प्राधिकरणको अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।
‘प्रचलित कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले सात दिन (यही जेठ १९ गते) भित्र व्यक्तिगत विवरण पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचना उल्लेख छ ।















