काठमाडौं । नेपाल प्रहरीका एसपी अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधवार बसेका बढुवा समितिको बैठकले सिंहलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । केही दिनअघि भएको सरुवामा सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो ।















