काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आफूमा समाहित हुन बुधवार निम्ता गरेको जानकारी गराएका हुन् ।
साम्पाङले फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब.देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्नेरुरुरु यस्तो नि हुन्छरुरुरु मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो ।’
यसअघि उनले पार्टीमा सुदन किराँतीको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेका छन् ।














