काठमाडौँ । नेपाली कांग्रेस ले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको रणनीति तथा संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
बैठकपछि प्रमुख सचेतक वासना थापा ले जानकारी दिँदै भोलि प्रस्तुत हुने बजेट र संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको बताइन् ।
उनका अनुसार संसदीय दलको कार्यसमितिमा रिक्त पदहरू पूर्ति गर्ने र संसद्का विषयगत समितिहरूको अध्ययनका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा पनि छलफल गरिएको छ ।














