Logo
Logo

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री नबोल्ने


630
Shares

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदै छ । 

The current image has no alternative text. The file name is: pm.jpg

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । सरकारले दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदै छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ भने राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली सेनाले बिहानै गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको छ ।

यस वर्ष प्रधानमन्त्री बालेन शाहले टुँडीखेल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले सम्बोधन राष्ट्रपतिबाटै गराउन प्रधानमन्त्रीले शीतल निवासलाई अनुरोध गरेका हुन् । 

वि।सं। २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्