काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको साथ मनाइँदै छ । पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।

गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् । कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन भने गर्ने छैनन् ।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाटै निर्णय गरी राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेर पत्र पठाएका थिए ।














