
काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रवार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आयोजित कार्यक्रमकाबीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरेका हुन् ।
समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै उनीहरुले पार्टी एकता गरेका हुन् । पार्टी एकता सहमति पत्रमा उज्यालोका महासचिव धर्म चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा सात बुँदे सहमति पनि उल्लेख छ ।
दुवै पक्षबीच पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने सहमति दुवै पक्षबीच भएको छ ।














