
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।
शुक्रबार शितलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कृषक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
मन्त्री चौधरीले सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बिउ, सिँचाइ, प्राविधिक सेवा, पशुपन्छीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताइन् ।
यद्यपि कृषकहरूले अझै पनि विभिन्न चुनौती झेल्नुपरेको विषयमा मन्त्रालय गम्भीर र सचेत रहेको उनले बताइन् । उनले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारिन् ।














