
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत पु¥याएर आफुलाई हटाउन आफ्नै दलका सांसदलाई चुनौती दिएका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिवानसिंह विष्टले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि मुख्यमन्त्री शाहले यस्तो चुनौती दिएका हुन् ।
जवाफमा मुख्यमन्त्री शाहले कांग्रेस संसदीय दलभित्र आफ्नो विपक्षमा बहुमत प्रदेश सभा सदस्य पुगेकै दिन आफू हट्न तयार रहेको बताएका थिए । कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद छन् । शाहलाई दलको नेताबाट हटाउन १० जना सांसद आवश्यक पर्छन् ।
सांसद विष्टका अनुसार शाहलाई हटाउने पक्षमा ८ जना सांसद पुगिसकेका छन् भने अन्य दुई जनासँग छलफल भइरहेको छ । अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापतिमा निरन्तरता दिने निर्णय गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीविरुद्ध यो अभियान सुरु भएको हो ।
बीचमा सभापति थापाको आग्रहमा रोकिएको यो विवाद मुख्यमन्त्री शाह देउवा पक्षले आयोजना गरेको भेलामा सहभागी भएपछि कांग्रेसभित्र फेरि उनीमाथि राजीनामाको दबाब बढेको छ ।














