Logo
Logo

प्रचण्डको स्वास्थ्यमा सुधार


441
Shares

काठमाडौं । उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार सुधार निरन्तर जारी रहे भोलि नै डिस्चार्ज हुने सम्भावना छ ।

The current image has no alternative text. The file name is: prachand-2.jpg

प्रचण्डलाई उपचारका लागि शनिवार बिहान मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई केही दिनदेखि ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए ।

आज बिहान प्रचण्डलाई भेट्न अस्पताल गएका नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको  जानकारी गराएका हुन् ।  

प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा गएर फर्किएदेखि अस्वस्थ भएका थिए । अस्वस्थ भएको भन्दै प्रचण्ड जेठ १५ गते बजेट सार्वजनिक हुने दिन सङ्घीय संसद् बैठकमा पनि उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस्