
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिएको प्रस्ट पारेका छन् ।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको बताए ।
उनले सहकारीहरूबाट ३ करोड पैसा सरकारले ल्याएर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको जानकारी दिए ।














