Logo
Logo

सबैले अहिले नै विद्युतीय चुलो प्रयोग गर्दा ट्रान्सफर्मर पड्किन्छः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुक तुरुन्तै विद्युतीय युगमा प्रवेश गर्न नसकिने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खुस्वु ओलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सबैले अहिले नै विद्युत् प्रयोग गरेर चुलो चलाउँदा भार थेग्न नसक्ने तथा ट्रान्सफरमर पड्किने बताए ।

उनले भने, ‘हामी तुरुन्तै विद्युतीय युगमा जान सकिँदैन । ट्रान्सफर्मर पड्कन्छन् । विद्युतमा ५ प्रतिशत भ्याट लगाउने कुरा ठुलो होइन ।’

उनले विद्युतका भौतिक संरचनाको अपग्रेड गरेपछि सबैले विद्युतीय चुलो प्रयोग गर्न सक्ने अवस्थाका बारेमा सरकारले सोचिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्