
काठमाडौं । राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । आज बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको हो ।
यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १ः १५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।














