Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : एमाले सांसद


0
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)ले ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आईतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको बताए । उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर गरे ।

उनले भने, ‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ । यसले हामी सबै नेपालको शीर झुकेको छ । र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद् छ । गम्भिर आपत्तिजनक छ । र, आज यो विषय सबै नेपालीहरुका लागि गम्भिर प्रतिष्ठाको विषय बन्यो । र, देशको शीर यसले झुकाएको छ । हामी यो विषयलाई गम्भिरतापूर्वक उठाउन चाहन्छौँ । यो कुरा सबै नेपाली सबै देशभक्त स्वामीमानीहरुको शीरमाथि उहाँले धब्बा लगाउनुभएको छ ।’

सांसद बरालले प्रधानमन्त्री साहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्