Logo
Logo

मानव अधिकार आयोगविरुद्ध रास्वपा सांसद दिपक बोहोराद्धारा सर्वोच्चमा रिट निवेदन दर्ता 


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

The current image has no alternative text. The file name is: deepak-bohara.jpg

बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताउँदै जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्  ।

आयोगले पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै  अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताएका छन् ।

आयोगको प्रतिवेदनमा बोहोरासहित रास्वपा सभापतिलगायत रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्