Logo
Logo

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिँदै ओली


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशालामा उनी सहभागी हुन लागेका हुन् ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बबरमहलस्थित कार्की बैंक्वेटमा हुरने उक्त दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष ओलीले गर्ने तय भएको जानकारी दिए ।

कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने छ । ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने छ ।

​कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्