Logo
Logo

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद पाँच दिन थप


0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद पाँच दिन थप गरिएको छ ।

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

सरकारले छानबिनका लागि समितिलाई दिएको म्याद सोमबार सकिएको थियो । समितिले सोमबार नै म्याद थपका लागि सरकारलाई पत्र पठाएको थियो ।

सरकारले आजबाट लागू हुने गरी पाँच दिन म्याद थपेको समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले बताएका छन् । अब बाँकी अनुसन्धान सकेर सकेर समयमै सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको छ ।

समितिले गत साता नै पूर्वगृहमन्त्री गुरुङको बयान लिएको थियो । उनी विवादमा परेका विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको छ। समितिले थप प्रमाण माग गर्दै पुनः पत्र पठाएको थियो ।

गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् ।

समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको सेयर, हदबन्दीभन्दा बढि जग्गा र विवादित जग्गाका विषयमा छानबिन गर्न कार्यादेश दिइएको छ ।

गत चैत १३ गते गृहमन्त्री भएका गुरुङ सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा आएका थिए । विवाद चर्किँदै गएपछि उनले गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्