
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बास्तोलालाई भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बास्तोला तथा सदस्यहरुमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको जानकारी दिए ।














