
काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध निरन्तर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गरे ।
उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए ।
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे । आइतबारको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।














