Logo
Logo

कांग्रेसले दुवै सदनमा अवरोध जारी राख्ने


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा विरोध प्रदर्शनलाई निरन्तरता दिने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को रोस्ट्रमबाट सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान कांग्रेसले राखेको छ। सोही विषयलाई लिएर दुवै सदनको बैठकमा विरोध कायमै राख्ने निर्णय भएको प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

यस्तै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतको बलमा प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गरेको आरोप पनि कांग्रेसले लगाएको छ। बहुमतको दम्भमा तर्क, संवैधानिक मर्म र लोकतान्त्रिक मूल्य-मान्यताको उपेक्षा गरिएको कांग्रेसको ठहर छ।

प्रतिक्रिया दिनुहोस्